Sunday, November 11, 2012

all roads lead to heaven - हरेक पुल तिमी सम्म पुग्ने बाटो हो


तिमी देखिन्छौ  कि भन्ने आसमा
निकै कप चिया पिएँ
तिम्रो घर नजिकै को भट्टी पसलमा

तिम्रो खबर  पाइन्छ कि भनेर
निकै चोटी नमस्ते गरें
रोकेर तिम्री आन्टीलाई बीच बाटोमा

आखिर सबै
तिमी सम्म पुग्ने
सेतु न हुन

तर यी पुल तरेर तिमी सम्म भने
कहिल्यै पुग्न सकिएन

"छोडदेउ यस्ता पुराना पुल -सेतु  "
भन्थे मेरा जान्ने बुझ्ने बहिनीहरु 
"आजकल को जमानामा
बाटा र पुलको के कुरा !!!
हवाई मार्ग नै खुला छन् !!"

नभन्दै खोजेर ल्याइदिए
तिम्रो इमेल एड्रेस र फेसबुक सजेसन
हो त नि भन्दै घर बाट बाहिर निस्किनै  छोडें म
पुल मुनि आन्टी लाई ढुके जस्तै ढुकें
तिम्रो आगमनलाई

एउटा कमेन्ट एउटा हेलो
एउटा सानो लाइक  भए पनि हुन्थ्यो !
केहि त थिचेको भए हुन्थ्यो !!!
मैले त ड्र ब्रिज उघारेकै थिएँ
तिमीले त
आधा कदम मात्रै न हिंड्नु थियो !!

तर अहँ,
तिमीलाई शायद
यस्ता भर्चुअल सेतु देखी वितृष्णा छ!
तिम्रो नामको छेउ मा
मरे हरियो बत्ती बले पो!!


निकै दिनको पर्खाई पछि
आखिर केहि नचलेर
लाचार भएर
फेरी म आइपुगें
तिम्रै बाटोमुनी को पुलमा

" :) नमस्ते :) आन्टी :) !" 

3 comments:

  1. "आजकल को जमानामा
    बाटा र पुलको के कुरा !!!
    हवाई मार्ग नै खुला छन् !!"

    :)
    Nice

    ReplyDelete
  2. निकै दिनको पर्खाई पछि
    आखिर केहि नचलेर
    लाचार भएर
    फेरी म आइपुगें
    तिम्रै बाटोमुनी को पुलमा

    " :) नमस्ते :) आन्टी :) !"
    मन परेको लाइन

    ReplyDelete
  3. kabita ta ramro 6 tar real life ma yasto bhairaheko bhaya jiuna nikai garho hun6 one sided lovele ki bheter kura garnu paryo ki birsanu paryo tyo pani saken bhane afno life nabighari kahile naoiline makhamali fuljasto mandamaya lairahane.

    ReplyDelete